नेपाल बार एसोसिएसनद्धारा प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने निर्णय

प्रकाशित मिति:

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा माग्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशव्यापी आन्दोलनमा उत्रिने निर्णय पनि बारले गरेको छ ।मंगलबार साँझ बसेको बार पदाधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो । ‘प्रधानन्यायाधीशको राजीनामा माग्ने र नदिएमा देशव्यापी आन्दोलनमा उत्रिने निर्णय गरेका छौँ,’ बार महासचिव लीलामणि पौडेलले भने ।

मंगलबार साँझ बारले विज्ञप्ति प्रकाशित गरी प्रधानन्यायाधीश जबराले अविलम्ब राजीनामा दिई मार्गप्रशस्त गर्नु नै उपयुक्त हुने बारको सल्लाहकार समितिको बैठकको सुझावसमेतका आधारमा उनलाई पदत्याग गर्न आह्वान गरेको छ ।