साफमा उप विजेता भएको नेपाली टिमका खेलाडी नगदसहित सम्मानित

प्रकाशित मिति:

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई नगदसहित सम्मान गरिएको छ ।माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा उप विजेता भएको नेपाली टोलीका सदस्य तथा अफिसियलहरुलाई सत्तारुढ दल नेपाली कांग्रेसको तरुण बिभागले नगदसहित सम्मान गरिएको हो । खेलाडीहरुलाई दिइएको नगदबारे भने खुलाइएको छैन ।

उनीहरुलाई गृहमन्त्री बालकृष्ण खाण, तरुण विभाग प्रमुख शंकर भण्डारी लगाएतले सम्मान गरेका थिए । माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाली टोली पहिलो पटक फाइनल प्रवेश गरेको थियो ।फाइनलमा नेपाली टिम भारतसँग ३–० ले पराजित भएपछि उप विजेतामा सिमित भएको थियो ।

साफको २८ बर्षको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको नेपाली टोलीका खेलाडीलाई जनही पाँच लाख र प्रशिक्षक र तथा अफिसियललाई ३ लाख दिने निर्णय गरिसकेको छ ।सम्मान कार्यक्रममा गृहमन्त्री खाणले कांग्रे पार्टीले सधैभरी खेलाडीहरुलाई सम्मान गर्ने बताए ।