भैरहवा मेलामा कुस्ती, नेपाली पहलमानसँग भारतीय पराजित
पुरुष कुस्तीतर्फ १० खेल र महिला तर्फ १ खेल गरि जम्मा ११ खेलहरु भएका हुन्
पुनहरि बेल्बासे ,भैरहवा, मंसिर २४ । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा भैरहवामा जारी सातौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०७५, पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यपार मेलामा हिजो आइतबार देखि महिला तथा पुरुष कुस्ती शुरु भएको छ । कुस्ती प्रतियोगिताको दोस्रो दिन आज सोमबार ११ खेल भएका छन् । जसमा पुरुष कुस्तीतर्फ १० खेल र महिला तर्फ १ खेल गरि जम्मा ११ खेलहरु भएका हुन् । जसमध्ये नेपाली पहलमानसँग भारतका पहलमानको लगातार पराजित भएका छन् ।
आज सोमबारको खेलमा भारतको मध्यप्रदेशका वीर पहलमानलाई नेपालको विरगंजका हरिहरले पराजित गरे । त्यस्तै अर्को खेलमा नेपालका धर्मेन्द्र पहलमानले भारतको कानपुरका तुफानलाई पराजित गर्दै नेपालीको शान बढाउन सफल भएका छन् । कानपुरका मानसिंह पहलमानलाई गोरखपुरका गोबिन्द पहलमानले पराजित गरे । कानपुरका गुड्डु पहलमानले गोरखपुरका राजुलाई पराजित गरे । राजस्थानका अरबिन्द पहलमानलाई गाजीपुरका मोनुले पराजित गरे । हरियाणका मोन्टी पहलमानलाई गाजीपुरका मोनुले पराजित गरे । त्यस्तै महिला तर्फको कुस्ती प्रतियोगितामा बनारसकी तन्नुलाई गोरखपुरकी सरिताले पराजित गरिन् । भने अन्य खेल बराबरीमै टुङ्गिएको खेलकुद तथा कुस्ती व्यवस्थापन संयोजक गंगा सागर अग्रहरीले जानकारी दिनुभयो । २०६६ सालमा पहिलोपटक भैरहवा मेलामा कुस्ती प्रतियोगिता भित्रिएको आयोजकले जनाएका छन् । मंसिर २३ गते देखि शुरु भएको कुस्ती दंगल प्रतियोगिता मंसिर २६ गते सम्म चल्ने संयोजक अग्रहरीले जानकारी दिनुभयो । कुस्ती प्रतियोगिता अन्तर्राष्ट्रिय रेफ्रि प्रकाशचन्द्र शर्माले खेलाउनुभएको थियो ।
मेलामा हरेक दिन भ्वाइस अफ भैरहवा, भैरहवा खुल्ला नृत्य प्रतियोगिता र विविध सांकृतिक कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिइरहेको छ । भोली मंगरबार ख्याती प्राप्त लोक दोहरी गायिका मञ्जु पौडेल, विधान कार्की, एक खुट्टामा नृत्य गर्ने रोमा न्यौपाने, आधुनिक पप गायिका रेस्मा पुनको साथमा स्थानीय कलाकारहरुले दर्शकलाई मनोरञ्जन दिने कार्यक्रम रहेको सांस्कृतिक कार्यक्रम संयोजक दिपेन्द्र प्रधानले जानकारी दिनुभयो ।












