चोरी भएको राष्ट्रिय परिचय पत्र बाउनेको क्यामेरा प्लास्टिकमा पोको पारि राखिएको अबस्थामा फेला

प्रकाशित मिति:

११ कार्तिक,कञ्चन- रुपन्देहीको कञ्चन गाउपालिका कञ्चन ४ रुद्रपुर माध्यमिक बिधालयको प्रबेशद्वार रातो प्लाष्टिकमा पोका पारी २ थान DSLR  क्यामेरा झुण्ड्याईएको अवस्थामा फेला परेको छ।गत ८ गते सोमबार राती रुद्रपुर माबि,कञ्च(४ अस्नैयामा रहेको राष्ट्रिय परिचय पत्र बनाउने टोलीको  DSLR  क्यामेरा चोरी भएको थियो। अज्ञात ब्यक्तिहरुले सोही बिधालयको मुख्य गेटको ढोकामा रातो प्लाष्टिकको झोलामा झुण्ड्याएर राखिएको अवस्थामा भेटिएको हो।

रुद्रपुर माध्यमिक बिधालयका सुरक्षा गार्ड हेमलाल रानाले आज बिहिबार बिहान ४ बजे बिधालयको मुख्य गेटको ढोकामा झुण्ड्याएको अवस्थामा देखेका थिए। पनि कञ्चन गाउपालिका वडा नं। ४का वडा सदस्य कुल बहादुर राजकोटीलाई बिहान ६।५७ बजेको समयमा जानकारी गराएका थिए।चोरी भएको दिन गत सोमबार रारी ८ बजेको समय बिधालयका सुरक्षा गार्ड रानाले सम्बन्धित निकायलाई खवर नै नदिई क्यामेरा चोरी भएको कोठाको ढोका फोडिएको भन्ने थाहा भए पनि कोही कसैलाई जानकारी नै नगराई सोही कोठा भित्र पसि निजले आफ्नो मोबाईल चार्ज गरि राखेको र बिहान मात्र सोही बिधालयका शिक्षक प्रकाश क्षेत्रीलाई अतिरिक्त कक्षा संचालन गर्न आएको बेला जानकारी गराएका थिए।

यसैगरी आजको घटनामा पनि अज्ञात बस्तु बिधालयको प्रबेशद्वारको ढोकामा झुण्ड्याई राखेको अवस्थामा बिहान ४ बजे नै देखे पनि वडा सदस्य कुल बहादुर राखोटीलाई ६।५७ बजेको समयमा मात्र जानकारी दिएका थिए।घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरिक्षक देबेन्द्र कुमार मल्लले जानकारी दिएका छन।