एमाले पार्टी’ केपी फाउण्डेसन हो : अध्यक्ष नेपाल

प्रकाशित मिति:

स्याङ्जा- नेपाल कम्युनिष्ट पाटी एमाले विभाजन पछि नयाँदल निमार्ण गरेको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादीं ) ले स्याङ्जामा शुक्रवारबाट पार्टी कार्यालय उद्घाटन गरेको छ । नेकपा (एस) भन्ने पाटीमा कार्यकर्ता नै नभएको आरोप नेकपा एमाले स्याङ्जाले लगाउदै आएको थियो । यसको चुनौती दिदै नेकपा (एस) को केन्द्रीय अध्यक्ष माधबकुमार नेपालको प्रमुख आथित्यतामा जिल्ला पार्टी कार्यालयको उद्घाटन गरिएको हो ।

पार्टी कार्यालय उद्घाटन गर्दै पार्टीका अध्यक्ष माधब कुमार नेपालले नेकपा एमाले पार्टी कुनै दल नभएर केपी ओली फाउण्डेसन भएको बताए । कुनैपनि पार्टीमा व्याक्ति प्रदान हुदैन अध्यक्ष नेपालले भने,‘पार्टीमा नीति, सिद्धान्त र बिचार प्रदान हुन्छ ।’ ओलीले नेतृत्व गरेको पार्टी कम्पनी हो यसको बिलय हुन समय लाग्दैन उनले भने । विचार नसुन्ने, कार्यकर्ताको भावना माथी कुठाराघात गर्ने प्रतिगमनका मतियार बन्ने ओली प्रबृत्ति बिरुद्ध बिद्रोह गर्न बाध्य भएको अध्यक्ष नेपालले बताए । नेपालको इतिहासमा बिद्रोह गरेको कम्युनिष्ट पाटी फस्टाएको उदाहरण दिदै अध्यक्ष नेपालले ओलीले नेतृत्व गरेको फाउण्डेसन पार्टी केशरजंग रायमाझी भन्दा फरक नहुने जिकिर गरे ।

करिब ४५ मिनेट भाषण गरेका अध्यक्ष नेपालले अधिकांश समय नेकपा एमाले अध्यक्ष केपी ओलीलाई गाली गर्नेमै खर्चिएका थिए । सरकारमा रहदा अर्वौ आर्थिक भष्टचार गरेको आरोप लगाउदै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई धुजा धुजा बनाउन ओली तल्लिन रहेको बताए । एकिकृत समाजबादीको शक्ति सुदुर पश्चिममा हेर्नुपर्ने बताउदै नेता नेपालले समाजबादीको शक्ति देखेर केपी ओलीको निद हराम भएको जिकिर गरे । सुदुरपश्चिममा हाम्रो पार्टी पहिलो र एमाले चौथो रहेको बताउदै अध्यक्ष नेपालले आगामी निर्वाचनमा एमाले चौथो पार्टी बन्ने ढोकुवा गरे ।ओलीको कामै अग्रगमनको बिरोध गर्ने र प्रतिगमनको मतियार भएको बताउदै पुर्व प्रधामन्त्री समेत रहेका नेपालले सत्ताबाट हट्ने डरले दुई दुई पटक प्रतिनिधी सभा बिघटन गरेको आरोप लगाए ।

पार्टीमा बिचार, सिद्धान्तका काम ठिक भएमा सबैले वाह वाह भन्ने बताउदै बिचार नभएकोलाई बाई बाई गनुपर्ने नेपालले बताए । आगामी निर्वाचनमा काग्रेस, माओबादी, समाजबादी, जसपा, जनमोर्चा मिलेर चुनाब लड्ने बताउदै नेपालले आगामी चुनाबमा ओली फाउण्डेसनको भबिष्य सकिने दावी गरे ।उद्घाटन कार्यक्रममा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले अबको २० दिनमा १२ बर्ष माथिकालाई खोप लगाउन एक करोडको सम्झौता भएको बताए । १८ बर्ष माथीकाले खोप लगाइरहेको र चाडै सबैले लगाउने बताउदै मन्त्री खतिवडाले १२ बर्ष मुनिकालाई खोपले मान्यता पाएसगै ल्याउने बताए । ओली सरकारले कुनै लक्ष्य बिना सयौ अस्पताल काठमाडौ बसेर उद्घाटन गरेको बताउदै मन्त्री खतिवडाले पुर्जा र डीपीआर ल्याए अस्पताल खोल्न सरकारले रकम बिनियोजन गर्ने बताए ।

कम्युनिष्टका ठुला दुई पार्टी एकिकृत हुदाँ जनतामा आसा जागेको बताउदै मन्त्री खतिवडाले जनताले दिएको बिश्वास माथी ओलीले घात गरेको आरोप लगाए । उखान टुक्काले पार्टी र देश नचल्लने बताउदै यस्ता भ्रममा नपर्न सबैलाई मन्त्री खतिवडाले आग्रह गरे । कार्यक्रममा स्थायी कमिटी सदस्य रामजी शर्मा, केन्द्रिय सदस्य ताज महोम्बद मियाँ, जिल्ला इन्चार्ज प्रेम नारायण पौडेल, सांसद कलिलाँ खान, जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई, उपसचिब टिकाराम नेपाली लगायतले समाजवादी पार्टीलाई बलियो र गर्बिलो बनाउन सबै जुट्ने बेला आएको बताएका थिए ।