भ्रष्टचार बिरुद्ध जनमत पार्टीको भैरहवामा मसाल जुलुस

प्रकाशित मिति:

१३ कार्तिक, भैरहवा- जनमत पार्टी,रुपन्देहीको आयोजनामा भ्रष्टचार बिरुद्ध शुक्रवार जिल्लाको सदुमुकाम भैरहवामा मसाल जुलुस गरेको छ। भ्रष्टचारी जनप्रतिनीधि र कर्मचारीलाई फासि दे १किसानको क्षति भएको धानवालीको क्षतिपुर्ति दे १ नेता राज बन्द गर, जनताराज जिन्दावाद १ लगायत नारा सहित जनमत पार्टीले सो मसाल जुलुस गरेको हो ।देशभर अभियानको रुपमा संचालन भएको भ्रष्टचार बिरुद्धको बिभिन्न कार्यक्रमहरु संचालन गर्ने क्रममा रुपन्देहीको भैरहवाको गल्लामण्डी स्थित हनुमान मन्दिरबाट शुरु गरी मिलनचोक, दुर सञ्चार, देवकोटा चोक, बैंकरोड हुदै पुन मिलनचौकमा पुगी कोण सभा समेत गरेको जनमत पार्टी शिक्षक संघका केन्द्रिय सदस्य रामदेव यादवले जानकारी दिनु भएको छ।

मसाल जुलुसलाई सम्बोधन गर्दै जनमत पार्टीका केन्द्रिय सदस्य भोपेन्द्र प्रसाद यादवले जनताबाट निर्वाचित भनिएका जनप्रतिनीधि र स्थाई सरकारको रुपमा रहेका कर्मचारीहरुले कानुनी तथा गैर कानुनी ढंगले भ्रष्टचार गरेकै कारण देश र नेपाली जनताले दुख झेल्नु परेको बताउनु भयो । जव सम्म भ्रष्ट नेता र कर्मचारीहरुलाई कानुनी रुपमा दण्डित गरिदैन तव सम्म देशमा कुनै परिबर्तन नहुने र हरेक दिन नेपाली जनताले अनावस्यक रुपमा स्वदेशी तथा बिदेशी ऋणको भार भोगिरहनु पर्ने केन्द्रिय सदस्य यादवले बताउनु भयो। कार्यक्रमका प्रमुख बक्ता समेत रहनु भएका केन्द्रिय सदस्य यादवले भ्रष्टचारीहरुलाई सरकारले कार्वाही नगरे जनमत पार्टीको नेतृत्वमा जनकार्वाही गर्ने आक्रोस ब्यक्त गर्नु भयो ।

मसाल जुलुसमा सहभागी जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै जनमत पार्टीको भ्रष्टचार निवारण आयोगका संयोजक सञ्जय कुमार मिश्रले अहिले सम्म सत्ताको वरीपरी घुमेका राजनैतिक दल र तिनका नेता तथा ती दल सम्बद्ध अनि संरक्षित कर्मचारीहरुले जनताको सेवाको निम्ति नभई आफु र आफन्तका लागि काम गर्ने र जनताको नाममा काम गरेको नाटक गरी देशको ढुकुटी रित्तिने गरी भ्रष्टचार गर्दै आएको आरोप लगाउनु भयो । भ्रष्टचारीहरुलाई कार्वाही गर्ने हिम्मत नेपाली कांग्रेस, एमाले, माओवादी लगायत सत्ताधारी दलहरुले गर्नै नसक्ने भन्दै जनमत पार्टीले भ्रष्टचार र भ्रष्टचारीका बिरुद्ध देशभर आन्दोलन गर्ने बताउनु भयो ।

कार्यक्रममा जनमत पार्टी केन्द्रिय प्रकाशन बिभागका सचिव बिकास प्रसाद लोध, समाज कल्याण बिभागका केन्द्रिय सचिव चन्द्र शेखर सुनार, जनमत महिला संघ,रुपन्देही जिल्ला अध्यक्ष नर्मदा लोध लगायतले स्थानिय तह देखि संघिय सरकारमा रहेका जनप्रतिनीधिहरु नै भ्रष्टचारमा लिप्ट भएको र जनताले कुनै काम र योजना लिएर गए अनेक बहानामा रकम माग्ने गरेको आरोप लगाएका थिए । जव जनप्रतिनीधीहरु नै भ्रष्ट नियत भएपछि कर्मचारी कसरी शुद्धिकरण हुन सक्छ भन्दै गत आसेजमा आएको बेमौसमी झरीका कारण क्षति भएको किसानको धानवालीको क्षतिपुर्ति तुरुन्त उपलब्ध गराउन बक्ताहरुले माग गरेका थिए।मसाल जुलुसमा जनमत पार्टीका कार्यकर्ताहरु क्षति भएको धानको बाला सहित हजारौंको संख्यामा सहभागी भएका थिए।