काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै शपथ लिँदैछन् । उनले आज साँझ साढे ८ बजे शपथ लिने तय भएको छ ।
उनले शपथपछि आजै कार्यभार सम्हाल्नेछन् । कर्णालीको समग्र विकास गर्दै नागरिकलाई सम्पन्न बनाउने अभियानमा जुट्ने आफ्नो सरकारको प्रमुख प्राथमिकता हुने शाहीको भनाइ छ ।
नेपाली कांग्रेसको संसदीय दलका नेता शाहीसँग आफ्नो दलका भने ६ सांसद मात्र छन् ।











