रुपन्देहीमा देउसी-भैलो  खेल्न पाइने

प्रकाशित मिति:

रुपन्देहीमा  देउसी-भैलो  खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तिहारमा देउसी-भैलो खेल्न अनुमति दिइएको हो। हाल सम्म कतिबजे सम्म खेल्न दिने भनेर कुनैपनि निर्णय नभएको र आज साँझसम्म यसबारे निचोड निकाल्ने साथै भाइरसको संक्रमण हालसम्म पनि कायमै रहेको हुँदा  कोभिड-१९को संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी देउसी-भैलो, नाचगान लगायतका कार्यक्रममा सभ्य एवं शान्तिपूर्वक सहित बढी भीडभाड नगरी खेल्न  र यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधिहरू नगर्नेर नगराउने साथै प्रशासनले पटाका पड्काउने, उत्पादन तथा ओसारपसार, मापसे सेवन गरी सार्वजनिक स्थानमा होहल्ला नगर्न गरि तिहार मनाउन सबैलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सबलपोस्ट सँगको कुराकानीमा जनाकारी दिए।

 

 

थप समाचार