कञ्चनमा मोटरसाइकल दुघर्टना,एकजनाको अवस्था चिन्ताजनक

प्रकाशित मिति:

१७ कार्तिक,कञ्चन- रुपन्देहीको कञ्चन गाउपालिकामा मोटरसाइकल आज बुधवार दुर्घटनामा परेको छ। दिउस करिब १ बजेको समयमा भएको दुर्घटनामा परी मोटर साइकल चालकको निधारमा गम्भिर चोट लागेको छ भने मोटरसाइकलमा सवार अन्य २ जनाको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक देबेन्द्र कुमार मल्लले जानकारी दिनु भएको छ।

ई।प्र।का। रुद्रपुरले दिएको जानकारी अनुसार कञ्चन गाउपालिका वडा नं। ३ स्थित धौलागिरीचौक देखि अस्नैया तर्फ जादै गर्दा कञ्चन ४ बागेश्वरी टोल स्थित सरकारी बोरिङ्ग नजिकै सडकको दायाँ तर्फ रहेको बिजुलीको पोलमा लु। ३७ प। ५९७२ नम्वरको मोटरसाइकल ठोक्किन गई सो दुर्घटना भएको हो । सो दुर्घटनामा परी कञ्चन ३ सोंगा बस्ने बर्ष ३० का मोटरसाइकल चालक बम बहादुर क्षेत्रीको निधारमा गम्भिर चोट लागेको छ भने निजको अवस्था चिन्ताजनक रहेको ईलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक मल्लले जानकारी दिनु भएको छ।

मोटर साइकलमा सवार कञ्चन ३ धमिनाताल बस्ने बर्ष ४० का भक्त बहादुर क्षेत्री र कञ्चन ३ कै सोंगा बस्ने बर्ष ४९ का टेक बहादुर रानालाई सामन्य चोट लागेको र निजकहरुको अवस्था सामान्य रहेको छ । मोटरसाइकल चालक बम बहादुर क्षेत्रीको उपचारको लागि भैरहवा मेडिकल कलेज पठाईएको इलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएको छ।