कोरोना महामारी (कोभिड–१९) संक्रमणको बेला जारी लक डाउनको समयमा नेपालमा अलपत्र परेका विदेशी पर्यटकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालले ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको छ । विश्व चर्चित वन्डरलस्ट म्यागेजिनले मंगलबार बेलायतको किन्सिङ्टन प्यालेस गार्डेनमा आयोजना गरेको कार्यक्रममा नेपालले यो पुरस्कार पाएको हो ।
आयोजकले उक्त अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेलाई हस्तान्तरण गरेको थियो । यो अवार्डका लागि नोमिनेशन भएका नौवटा मुलुकहरूलाई उछिन्दै नेपालले यो अवार्ड पाएको हो ।पर्यटनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव यादवप्रसाद कोइराला, बोर्डका कार्यकारी प्रमुख डा।धनञ्जय रेग्मी र ६ वटा नेपाली पर्यटन व्यवसायी कम्पनीहरू सन् २०२१ नोभेम्बर १ देखि ३ सम्म लण्डनमा आयोजित वर्ल्ड ट्राभल मार्ट ९डब्लूटिएम० मा सहभागी रहेको छ । सोही अवसरमा आयोजित अर्को एक समारोहमा नेपाललाई यो अवार्ड प्रदान गरिएको हो ।
नेपाल पर्यटन बोर्डले सो समयमा बोर्डले स्ट्रयान्डेड इन नेपाल अन लाइन अभियान सञ्चालन गरी कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसी०, जिल्ला प्रशासन कार्यालय, पर्यटक प्रहरी, स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संघ–संस्थाहरुको समन्वयमा नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका १ हजार ७२१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो ।यस्तै बोर्डले नेपाल स्थित विभिन्न कुटनीतिक नियोगहरूसँगको समन्वयमा रिपाट्रिएशन फ्लाइटमार्फत करिब ५ हजारभन्दा विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको थियो ।











