सुरेश छन्त्याल – गलकोट-कला, संस्कृतिक र खेलकुदको संरक्षण गरौं समुन्नत समाजको परिचय दियौं भन्ने मुल नाराका साथ शुभ दिपावलीको पावन अवसरमा घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च ज्ञकत ब् कबष्त फुटबलकप कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अथिति समेत रहनु भएका गलकोट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तथा नेपाली काँग्रेसका क्षेत्रीय सचिव तिलक घर्ती मगरले खेल राष्ट्र र स्वास्थको लागि प्रमुख रहेको अवगत गराउदै युवाहरुको आवश्यकता र चाहाना अनुसार स्थानीय सरकार सदैब साथमा रहने साथै समाज रुपान्तरणमा युवाको भुमिका महत्त्वपूर्ण रहने भएकोले विद्यमान सामाजिक विकृति निवारण तथा समाज विकासमा अग्रसर हुन आग्रह गर्नु भयो।
त्यस्तै एकताले जस्तोसुकै समस्या समेत हल गर्ने भएकोले सम्पूर्ण युवाहरु बद्ध रहन अपिल समेत गर्नु भयो । १६ टिम सहभागीता रहेको खुला फुटबल प्रतियोगितामा नययम खष्दक पोखरा प्रथम गलकोट नगरपालिका १० पाण्डबखानी मावि दोस्रो र त्यस्तै लोक नृत्य प्रतियोगितामा न्यु स्टेप पाण्डबखानी प्रथम, पाण्डबखानी मावि दोस्रो, गलकोट मावि तेस्रो र एकता बर्डिङ स्कुल हरिचौर सान्तना भएका छन् ।
त्यस्तै उत्कृष्ट गोल रक्षक गर्नु भएका गोठि युनाइटेड क्बल बागलुङका रन्जन खत्री, सर्वाधिक गोल कर्तामा घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका खेलाडी सुवास पुन र उत्कृष्ट खेलाडीमा नययम खष्दक पोखराका सुदिप गुरुङ लाई पुरुस्कृत गरिएको थियो । कल्बका अध्यक्ष प्रकाश पुनको अध्यक्षता गलकोट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तथा नेपाली काँग्रेसका क्षेत्रीय सचिव तिलक घर्ती मगरको प्रमुख आथितियता, वडा सदस्य रामप्रसाद वि।क बरिस्ठ समाजसेवि मानसिह छन्त्याल, गलकोट नगर सभाका सदस्य राधिका पुनको विशिष्ट आथितियता, खिम काउचाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन दिप घर्तिले गर्नुभएको थियो।









