काठमाडौं- नेपाल बार एसोसिएशनले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध बारले आइतबार एक विज्ञप्ति जारी गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
न्यायालयको नेतृत्व गर्न असफल भएको भन्दै राणाले पदबाट राजीनामा दिनुपर्ने बारको अडान छ। बारका अनुसार सोमबार बिहान एक घण्टा बारमा कालो पट्टीसहित धर्ना दिएर विरोध जारी राखिनेछ।
नेपाल बारका एकाईका पदाधिकारी र प्रतिनिधिले आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।









