प्रकाश न्यौपाने
कार्तिक २१ गते
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ताको बिबादित भुमीमा भारतीय सुरक्षाकर्मी एसएसबिद्वारा नाप गर्ने फित्ता(मेजरिङ्ग टेप) र रजिस्टार बुक सहित नाप नक्सांकन गरेको छ ।
बिबादित जग्गाको भारत तर्फबाट एक लौट्टि रुपमा सिमा देखि अर्धसैनिक बलका एक दर्जन सुरक्षाकर्मीले नेपाली भुभागमा नाप गर्ने फित्ता(मेजरिङ्ग टेप) र रजिस्टार बुक सहित नाप नक्सांकन गरेको स्थानीय अजोध्या केवटले जानकारी दिनु भएको छ ।
भारतीय सुरक्षाकर्मी एसएसबीहरूले नेपाली भूभागको नक्सांकन सहित नाप जाच गरेको हुनसक्ने स्थानीय बताउँछन् ।
नेपाली भुमीमा भारत तर्फको सिमा देखी नेपाल तर्फको सिमा सम्मको बिबादित जग्गामा भारतीय सुरक्षाकर्मी एसएसबीले फित्ता(स्केल) द्वारा नाप गर्दै आइरहेको बेला सुस्ताका स्थानीयबासीले देखेपछि प्रहरी चौकीमा खबर गरेको थिए ।
स्थानीयवासीको खबर पाउन साथ सो स्थान तर्फ सुस्ता प्रहरी चौकीका टोलीहरु पुग्दा भारतीय सुरक्षाकर्मीहरु त्यहाबाट भागिसकेको सुस्ता बचाउ अभियानका अभियान्ता रबिन्द्र कुमार जयसवालले बताउनु भयो ।
गत बर्ष पनि भारतीय सुरक्षाकर्मी एसएसबीले नेपाली भुभाग र सीमा क्षेत्रमा ड्रोन उडाएर नक्सांकन गरेको थियो भने अहिले नाप जाच गर्ने फित्ता (स्केल) र रजिस्टार बुक लिएर सुस्तामा रहेकोे बिबादित भुमिको नाप नक्सांकन गरेको हाे ।









