सरकारले थप ६० लाख खोप खरिद गर्न प्रक्रिया अघि बढाएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ६० लाख ९०० डोज खोप खरिद गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले केही सहसचिवहरुको नियुक्ति र पदस्थापनाको निर्णय पनि भएको एक मन्त्रीले जानकारी दिए ।











