सरकारले बुटवलको मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ । हिजो बसेको मन्त्रीपरिषद् बैठकले मोतिपुर औद्योगिक करिडोर घटनामा मारिएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । सरकारले प्रति परिवार ५ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने भनेको छ ।
गत असोज २४ गते एक समूहले बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो । सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको उक्त घटनामा दुई दर्जन बढी घाइते भएका थिए ।यसअघि प्रदेश सरकारले मोतिपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।








