काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले इङ्ल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।शेख जायद क्रिकेट स्टेडियममा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । इङ्ल्यान्डले न्युजिल्यान्डविरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ ।
आईसीसीको शीर्ष वरीयताको इङ्ल्यान्ड आजको खेलमा जित निकाल्दै प्रतियोगिताको फाइनलमा आफूलाई पुर्याउने योजनामा छ । इङ्ल्यान्डलाई दुई वर्षपछि फेरि आईसीसी इभेन्टको उपाधिनजिक हुने मौका छ ।यता न्युजिल्यान्ड आजको खेलमा जित निकाल्दै पहिलोपटक फाइनलमा स्थान बनाउने योजनामा छ । न्युजिल्यान्ड हालसम्म टी–ट्वान्टी विश्वकपको फाइनलमा पुगेको छैन ।
न्युजिल्यान्ड भने एकदिवसीय विश्वकपमा इङ्ल्यान्डसँग बेहोरेको हारको बदला लिने योजनामा छ । २०१९ को एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा न्युजिल्यान्ड इङ्ल्यान्डँग पराजित भएको थियो ।









