रोशन नेपाल स्मृति प्रतिष्ठान, बुटवलद्वार आज विद्यार्थीहरूका लागि विविध कल्याणकारी कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

कर्तिक २७, विहीबार- रोशन नेपाल स्मृति प्रतिष्ठान, बुटवलले आज (बिहीबार) विद्यार्थीहरूका लागि विविध कल्याणकारी कार्यक्रम सम्पन्न गरेको छ ।रूपन्देहीको तिलोत्तमा १५ कोटीहवास्थित अभिनाश अनाथ आश्रममा आयोजित एक कार्यक्रमबीच सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति वितरण, खाद्यान्न वितरण तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सञ्चालन भएको हो ।प्रतिष्ठानका अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रमबीच रामचन्द्र–मैनादेवी असहाय अनाथ आश्रम मणिग्रामका बालबालिकाका लागि लुगा–कपडा एवम् शैक्षिक सामाग्री प्रदान गरिएको थियो भने नेपाल अभिनाश अनाथ आश्रमका बालबालिकाका लागि १ दिनको भोजन उपलब्ध गराइएको थियो ।

त्यसैगरी, सिद्धार्थ बोर्डिङ् स्कूलको कक्षा १२ मा अध्ययनरत विद्यार्थी अनितादेवी राना, उजिरसिंह मा.वि.को १० कक्षाका विद्यार्थी तारालाल भण्डारी, ९ कक्षाका गोमा गिरी र महावीर बोर्डिङ् स्कूलका सलमा अन्सारीलाई नगदै छावृत्ति वितरण गरिएको प्रतिष्ठानका सदस्य मोहनराज शर्माले जानकारी दिनुभयो ।कार्यक्रममा, रोशन नेपाल स्मृति प्रतिष्ठानका संरक्षक सावित्री नेपालले आठ वर्षअघि अमेरिकामा दिवंगत हुनुभएका मेधावी विद्यार्थी रोशन नेपालको स्मृतिमा स्थापित सो प्रतिष्ठानको उद्देश्य तथा लक्ष्यबारे प्रष्ट पार्नुभयो ।कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र ढकालले सामाजिक संस्थाहरूले निकै कल्याणकारी काम गरिरहेका भन्दै संस्थाको लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि यस्ता प्रतिष्ठानहरू अझ सबल बन्दै जानुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका सचिव कृष्ण नेपालको सञ्चालनमा भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य मोहनराज शर्मा, रामचन्द्र–मैनादेवी असहाय अनाथ आश्रमका अध्यक्ष मैनादेवी भण्डारी, नेपाल अभिनाश अनाथ आश्रमका अध्यक्ष कृष्णप्रसाद ज्ञवाली, कालिका मानवज्ञान मा.वि.का पूर्व प्रधानाध्यापक कौशलराज बस्याल लगायतले सामाजिक क्षेत्रमा प्रतिष्ठानले पु¥याएको योगदानको प्रसंशा गर्नुभएको थियो ।