हरिश ढकाल— बुटवल, २६ कात्तिक । सडक दुर्घटनामा ज्यान गुमाएकी स्व. प्रतिमा बस्नेतको सम्झनामा हरेक बर्ष बुटवलमा रक्तदान कार्यक्रमको आयोजना गरिन्छ । यसैक्रममा रक्तदान जिवनदान भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै प्रतिमा बस्नेत स्मृती सहयोगी संस्थाले यसबर्ष पनि रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
दशौं प्रतिमा स्मृती दिवश तथा संस्थाको नवौं साधारण सभाका अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको अध्यक्ष नरेन्द्र बस्नेतले बताएका छन् । विश्व व्यापीरुपमा फैलिएको कोभिड १९ का असरले नेपाल पनि अछुतो छैन । यस महामारीका विच पनि रगतको अभावले कसैले अकालमा ज्यान गुमाउन नरोस भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष बस्नेतले जानकारी गराए ।
सडक दुर्घटनामा परि रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यका साथ हरेक वर्ष रक्तदान कार्यक्रम संचालन गर्दै आएको संस्थाले यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको अध्यक्ष बस्नेतले बताए ।कार्यक्रममा नेपाल रेडक्रस सोसायटी रुपन्देहीका अध्यक्ष प्रेमलाल उदास, संस्थाका सल्लाहकार बिमलबहादुर शाक्य, महासचिव बिष्णु प्रधान लगाएतले मानव जिवनमा रगत र रक्तदानको महत्वबारे चर्चा गरेका थिए ,सस्थाले हरेक वर्ष रक्तदानका साथै समाजका बिभिन्न क्षेत्रमा अमुल्य योगदान पुराएका बुद्धिजिबी, समाजसेवीहरु, पत्रकारहरुका साथै यस क्षेत्रका बिभिन्न बिद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार बिद्याथीलाई छात्रबृत्ती बितरण, अशक्त असहाय बृद्ध बृद्धाहरुलाई आर्थिक सहयोग प्रदान आदि कार्यक्रम पनि गर्दै आएको छ ।












