प्रधानन्याधिशको राजिनामा माग गदै शान्ति समाजद्धारा चितवनमा प्रर्दशन

प्रकाशित मिति:

२७ कार्तिक, गैडाकोट चितवन । मानवअधिकार तथा शान्ति समाजले चितवनको गैडाकोटमा प्रधानन्याधिशको राजिनामा माग गदै प्रर्दशन गरेको छ । सो अवशरमा न्यायलयलाई बन्दी बनाउन पाइदैन, भागभण्डा खोज्ने प्रधानन्याधिश चाहिदैन, प्रधानन्याधिश चोलेन्द्र शम्शेर जवराको सिघ्र राजिनामा वा बर्हिगमनको माग गदै समाजले प्रर्दशन गरेको हो ।
प्रधानन्याधिश सिघ्र राजिनामा देउ, सौदावजी गर्ने प्रधानन्याधिश चाहिदैन, न्यायलय दुषित गर्न पाइदैन, प्रधानन्याधिशले राजीनामा नदिए महाअभियोग लगाउ, बर्तमानको आवश्यकता न्यायलयको सुद्धिकरण,न्यायलयमा भागभण्डा बन्दगर, न्यायलयमा राजनितिक नियुक्ति बन्द गर जस्ता प्ले कार्ड लिएर नगर परिक्रमा गरेका थिए ।

प्रर्दशनमा बोल्दै समाजका संस्थापक सभापति बरिष्ठ मानवअधिकारवादी नेता कृष्ण पहाडीले न्यायलयलाई कुनैपनि समयमा धमिलाउने काम गर्न नहुने बताउदै जवराले सिघ्र राजिनामा दिनुपर्ने बताउनु भयो ।सौदावजी गर्ने प्रधानन्याधिश चाहिदैन, न्यायलय दुषित गर्न पाइदैन भन्दै अधिकारवादी पहाडीलेबर्तमानको आवश्यकता न्यायलयको सुद्धिकरण आवश्यक रहेको बताउनु भयो ।  त्यस्तै समाजका केन्द्रिय सभापति गोविन्द खनालले प्रधानन्याधिशले तुरुन्त राजिनामा दिनुको विकल्प नरहेको बताउदै न्यायलय जस्तो पवित्र ठाँउलाई धमिलाउने काम भएकाले आफुहरु सडकमा आउनु परेको बताउनु भयो ।जनतालाई न्याय दिने अंगका रुपमा रहेको न्यायलय सुदिकरण गर्नुपर्ने समय आएकाले बाध्यकारी रुपमा आफुहरु यो कदम चाल्नु परेको बताउनु भयो ।

मानवअधिकार तथा शान्ति समाजले चितवनमा २६ र २७अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ जस्मा ३२ जिल्लाबाट एक सय भन्दा बढीसदस्यहरुको सहभागिता रहेको आथित्यशाखा चितवनका सभापति तथा कार्यक्रम संयोजक शम्भु राउतले जानकारी दिनु भयो । अभिमुखीकरण कार्यक्रममा समाजका संस्थापक सदस्य कृष्ण कडेल, पूर्व सभापति होमकान्त चौलागाई,बरिष्ठ उपसभापति शुशिल बस्नेत, महासचिव रामकृष्ण बराल लगाएतले बोल्दै समाजले आफुलाई सधै जनताको पक्षमा उभिएर काम गर्ने बताएका थिए ।

 

थप समाचार