पश्चिम नवलपरासि शैक्षिक संघ सस्था र पसल बन्द

प्रकाशित मिति:

प्रकाश न्यौपाने
कार्तिक ३० गते
नवलपरासी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको प्रभाब  पश्चिम नवलपरासीमा  मंगलबार बिहान पुर्ण रुपले देखिएको छ ।

मंगलबार बिहान संचालन हुने नवलपरासीमा रहेका क्याम्पस तथा कलेज र अन्य शैक्षिक संघ सस्थाहरु पुर्ण रुपमा बन्द भएका छन । भने केही पसलहरु आशिक रुपमा खुलेका छ्न । लामो दुरिका सवारी साधनहरु चलेका छैनन्न भने छोटो दुरिका सवारी साधनहरु आशिक रुपमा चलेका देखिन्छ । पेट्रोलिय पदार्थमा भएको मुल्यवृद्धिको बिरोधमा नवलपरासीको बर्दघाटमा सोमबार मसाल जुलुस सम्पन्न गरेको थियो ।

पेट्रोलियम पदार्थको अनावश्यक कर खारेज गर,मुल्य वृद्धि खारेज गर, एमसिसि खारेज गर, सुस्तामा नापजाँच बन्द गर, ३ बुद्दे सहमति पुर्ण रूपमा लागू गर्नु पर्ने माग राखेको नेकपा पश्चिम नवलपरासीका नेकपा नेता सुमनले बताउनु भयो । उहाका अनुसार -” पेट्रोलिय पदार्थको मुल्य वृद्धि जनजीवकाको बिषय भएको सम्पुर्ण जनताले बिरोध गर्दै आजको बन्दमा जनताको साथ रहेकोले बन्द सफल हुन्छ ।” सरकारले पेट्रोलिय पदार्थ सहित दैनिक उपभोग्य बस्तुमा मुल्य वृद्धि गर्दा आन्दोलन गर्न बाध्य भएको उहाले बताउनु भयो ।