शान्ति सामुदायिक वन समुहको १५औ साधारण सभा

प्रकाशित मिति:

शान्ति सामुदायिक वन समुहको १५औ साधारण सभा सम्पन्न भएको छ । गढवा गाउँपालिका वडा नं २ कोठरी स्थीत शान्ति सामुदायिक वन उपभोक्ता समुहले वार्षिक साधारण
सभामा विद्यार्थी, उपभोक्ता, पुर्व पदाधिकारी सम्मानित गर्दै वनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गन छलफल सुरु गरिएको छ ।वन समुहका अध्यक्ष देबेन्द्र कुमार यादवको अध्यक्षता, गढवा गाउँपालिकाका अध्यक्ष शहजराज यादवको प्रमुख आथित्यता, वडा नं २ का वडा अध्यक्ष भक्तु चौधरी, गढवा स्तरिय वन महासंघका अध्यक्ष नवराज शर्मा वन डिभिजन प्रमुख दिनेश डाँगीको विशिष्ट आथित्यतामा १५ औ साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा वन समुहका उपाध्यक्ष माधव लाल चौधरीको स्वागत,समुहकी सचिव विमला चौधरीले प्रगति प्रतिबेदन, कोषाध्यक्ष शिवलाल भण्डारीको आयब्यय प्रस्तुत गनुभएको थियो ।
साधारण सभामा वन संरक्षण गर्दै आम उपभोत्ताको अधिकार अनुसार वन पैदावार वितरण हुनुपर्नेमा जोड दिईएको थियो ।साधारण सभाका प्रमुख अतिथि शहजराम यादवले वन संरक्षण गर्न उपभोक्तामा चेतना ल्याउन अझै नसकिएको बताउदै वन संरक्षण गर्ने विषयमा उपभोक्ता र वन समुह विच प्रतिस्पर्धा गराउनु आवस्यक रहेको बताउनु भएको छ ।प्रमुख अतिथि शहजराम यादवले अव बन समुहले आय आर्जनमा छिटो प्रतिफल दिने खालका विरुवा रोपणको आवस्यकता रहेको बताउदै कोठरी क्षेत्रको वन क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थारु संग्रालय, उर्जा प्लान्ट क्षेत्रको रुपमा विकास गरिने बताउनु भएको छ ।साधारण सभाका विशिष्ट अतिथि वडा नं २ का वडा अध्यक्ष भक्तु चौधरीले गढवा गाउँपालिका क्षेत्रका सबै सामुदायिक वनलाई नियमित बनाउन पालिकाले भुमीका खेल्ने बताउदै वन संरक्षणमा लाग्न सबैमा अनुरोध गर्नुभएको छ ।

शान्ति सामुदायिक वन समुहको १७ औ साधारण सभाले राम्रो सन्देश दिएको बताउदै साधारण सभाका विशिष्ट अतिथि गढवा स्तरिय वन महासंघका अध्यक्ष नवराज शमाले कार्वन उसर्जन गर्ने देखी अक्सीजन दिदै नागरिकको काष्ठ जन्य बन जन्य माग पुरा गर्ने वन संरक्षणमा स्थानिय सरकारको चासो बढनु आवस्यक रहेको बताउनु भएको छ । शर्माले वन समुहले गरिवी न्युनिकरण गर्न खेलेको भुमिका र विकासका क्षेत्रमा गरिएको प्रयासको बारेमा जानकारी गराउन’ भएको थियो ।सभामा वन डिभिजन प्रमुख दिनेश डाँगी, भिमलाल चौधरी, स्याम विक, बेगम गहतराज, रेवति चौधरी, राम बहादुर नेपाली, रन्जित चौधरी लगायतले वन संरक्षण र उपभोक्ताका हकहितका बारेमा बोल्नु भएको थियो ।शान्ति सामुदायिक वन समुहको १५औ साधारण सभाको अवसरमा उपभोक्ता स्तरिय फुटवल प्रतियोगीता, कुर्सी दौड, सास्कृतिक प्रतियोगीता, उत्कृष्ट विद्यार्थी पुरस्कार वितरण, पुर्व पदाधिकारी सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।