कतारविरुद्धको ३ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत मङ्गलबार भएको पहिलो खेलमा नेपालले ११९ रनको फराकिलो जित हात पारेका छ ।नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा कतारले ११।५ ओभरमा सबै विकेट गुमाउँदै मात्र २७ रन बनाउन सक्यो ।कतारका लागि कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कतारका ७ खेलाडी खाता पनि नखोली पेभिलियन फर्किए ।उसका लागि एन्जेलीन मारे र खदिजा इम्तियाजले सर्वाधिक ८र८ रनको योगदान दिए ।
नेपालका लागि कप्तान रुविना क्षेत्री ३, कविता कुँवर र सीता रनानमगरले २र२ तथा करुणा भण्डारीले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।यसअघि दोहास्थित वेस्ट इन्ड पार्कमा टास हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएको थियो ।यो टी–२० अन्तर्राष्ट्रियमा नेपाली महिला टोलीले तयार पारेका सबैभन्दा ठूलो योगफल हो । यसअघि सन् २०१९ मा मलेसियाविरुद्ध प्रहार गरेको १२६ रन नै सबैभन्दा ठुलो योगफल थियो ।नेपालका लागि इन्दु बर्माले अर्धशतकिय पारी खेलिन् । १७ औँ ओभरमा रिटायर्ड हर्ट भएर मैदान बाहिरिनुअघि उनले ४७ बलको समाना गर्दै ५ चौकाको मद्दतमा ५५ रन बनाइन् ।
योसँगै इन्दु नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी छन् । सीता रानामगरले ३९ तथा सरिता मगरले २१ रनको योगदान दिँदा कविता कुँवर ८ रनमा अविजित रहिन् ।कतारका एन्जेलिन मारे र सबिजा पानायनले एकरएक विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो । यो जितसँगै नेपालले सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल मङ्सिर १ ९भोलि० हुनेछ ।









