पहिलाे ई–पासपाेर्ट सत्यमाेहन जाेशीलाई

प्रकाशित मिति:

काठमाण्डौ – संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीलाई नेपालको पहिलो विद्युतीय राहदानी (ई–पासपोर्ट) प्रदान गरिएको छ ।राहदानी विभागमा आज बुधवार आयोजना गरिएको पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रमु मा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले जोशीलाई नेपालको पहिलो ई–पासपोर्ट प्रदान गर्नुभएको हो । योसँगै जोशीले आफूसँग भएको पुरानो पासपोर्ट राहदानी विभागका निर्देशक डोरनाथ अर्याललाई हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा महानिर्देशक अर्यालले प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताउनुभयो । उहाँले संसारमा चलेका राहदानीहरूमा विद्युतीय राहदानी सबैभन्दा पछाडिको रहेको बताउनुभयो ।महानिर्देशक अर्यालले नयाँ सार्वजनिक गरिएको राहदानी ३४र६६ पृष्ठको रहेको र अब यात्रा गर्नेहरूको पेज सकिएर राहदानी विभागमा धाइरहनुपर्ने समस्या समाधान हुने बताउनुभयो । उहाँले अहिले नेपालमा ई–पासपोर्ट बनाउन ठूला दुई वटा मेशिन रहेको भन्दै आवश्यक राहदानी बनाउन समस्या नपर्ने बताउनुभयो ।

सरकारले आजदेखि देशभर ई–पासपोर्ट परीक्षणका रूपमा वितरण सुरु गरेको छ ।

थप समाचार