प्रधानन्यायाधीशले तोके आफू बाहेकको इजलास, आज पनि वकीलहरूको प्रदर्शन

प्रकाशित मिति:

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू बाहेकका न्यायाधीशको इजलास तोकेका छन् भने कानून व्यवसायीले आज पनि प्रदर्शन जारी राखेका छन्।केही दिनयता प्रधानन्यायाधीश जबराले आफू बाहेकका न्यायाधीशको मात्रै इजलास तोक्दै आएका छन्। आज नौ वटा इजलासमा २२२ मुद्दाको पेसी तोकेका छन्। जसमा सबै प्रकारका मुद्दा रहेका छन्।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानून व्यवसायीले धर्ना जारी राखेका छन्। नेपाल बार एसोसिएसनको अगुवाइमा कानून व्यवसायील् सर्वोच्च अदालत परिसारमा धर्ना दिएका हुन्।

कानून व्यवसायीको धर्नालाई ध्यानमा राखेर सुरक्षा बढाइएको छ। सर्वोच्च अदालत प्रवेशद्वार र आसपासको क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। मूल गेटमा कानून व्यवसायीले धर्ना दिएपछि प्रधानन्यायाधीश जबरा दोस्रो गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन्।