नेकपा ९एमाले०ले दशौं महाधिवेशनमा बन्द सत्र सञ्चालनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली सहित ११ जना सदस्य रहेको अध्यक्ष मण्डल गठन गरेको छ।अध्यक्ष मण्डलमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
यस्तै, महाधिवेशनका लागि माइन्युट कमिटी पनि गठन गरिएको छ। कमिटीमा पृथ्वी सुब्बा गुरुङ, विष्णु रिजाल, ठाकुर गैरे, सूर्य थापा, मनोज थापा, गोविन्द नेपाली र ज्वालाकुमारी साह छन्। चितवनमा १० मंसीरमा शुरू हुने महाधिवेशनका लागि दुई हजार १२७ प्रतिनिधि छनोट भइसकेको एमालेले जनाएको छ।








