बुटवल– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा पाल्पामा संस्थापन इतर समूह विजयी भएको छ। संस्थापन देउवा र संस्थापन इतर पौडेल समूहमा विभाजित भएर प्यानल बनाएर चुनाव भएको थियो। दुईवटा संघीय ९प्रतिनिधि० निर्वाचन क्षेत्र रहेको पाल्पामा पौडेल पक्षबाट वीर बहादुर राना र देउवा पक्षबाट पूर्व सांसद हरी नेपाल पक्षका उम्मेदवारहरु चुनावी मैदानमा उत्रेका थिए।
क्षेत्र नं २ को सभापतिमा मुक्तिराम जिसी ४६० ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी देउवा पक्षका यादव सिंह कार्कीले २ सय १४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।यस्तै अन्य पदाधिकारीहरु भने निर्विरोध भएका छन्। यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्लातर्फ वीरबहादुर राना – ५४४, हिमाल दत्त श्रेष्ठ – ५२३, राम कार्की – ५१४, सुनिता अधिकारी – ४९८, कृष्ण प्रसाद बस्याल–४९०, शान्ता बोहोरा –४८६, मेजर सिंह केसि – ४७३ मत ल्याएर विजयी भएका छन् यस्तै धनकला गाहा –४५३, लालकुमारी राना – ४३८, शंकर रायमाझी–४३०, विधान प्रसाद श्रेष्ठ – ४२४, यमलाल तिमिल्सिना – ४२१ र रामेश्वर पन्थी – ३४४ मत प्राप्त गरी विजयी भएका छन्।
महाधिवेशन प्रतिनिधि आदिवासी जनजाति खुलातर्फ राजेन्द्र गोपाल सिंह –५०६, कृष्ण बहादुर राना– ४९०, नल बहादुर राना मगर – ४८५ ल्याएका छन्। यस्तै दलिततर्फ लक्ष्मण हिताङ – ४३७, अल्पसंख्यक तर्फ जमिला मियाँ –४०९ ल्याएर विजयी भएको काँग्रेस निर्वाचन समितिले जनाएको छ।यस्तै क्षेत्र नं। १ मा क्षेत्रीय सभापतिमा पौडेल समूहकै झमान राज मगर विजयी भएका छन्। उनले ३ सय ४८ मत प्राप्त गर्दा देउवा समूहका विष्णु बमरले ११२ मत प्राप्त गरेका छन्।








