काँग्रेस महाधिवेसन : रुपन्देही क्षेत्र नं. २ काे सभापतिमा हरि लम्साल विजयी

प्रकाशित मिति:

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट रुपन्देही क्षेत्र नं। २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी हुनुभएको छ । मंगलबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट १६० मत अन्तरले पार्टीको संस्थापन ईतर समुहका लम्साल विजयी हुनुभएको हो ।

सभापतिमा विजयी लम्सालले ४०२ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी काजिमान श्रेष्ठले २४२ मत प्राप्त गर्नु भएको प्रमुख मतदान अधिकृत टिकाराम शर्माले बताउनु भयो ।
त्यस्तैगरि सचिव पदमा श्रेष्ठ समुहका उम्मेद्वार प्रजापाल गिरी र लम्साल समुहबाट बिमलराज भट्टराई निर्वाचित हुनुभएको छ । सचिवमा निर्वाचित श्रेष्ठ समुहका गिरीले ४२९ मत र लम्साल समुहबाट निर्वाचित भट्टराईले ३६८ मत प्राप्त गर्नुभएको छ ।

सहसचिव पदमा लम्साल समुहका मिलन थापा (३५१) र राजबहादुर क्षेत्री (३४०) मत सहित विजयी हुनुभएको छ । महाधिवेशन प्रतिनिधीमा पनि मिश्रित परिणाम आएको छ ।