अमेरिकी सहयोग नलिने नेपालको नीति छैन, संशोधनबिनानै एमसीसी पारित गर्नुपर्छ : प्रचण्ड

प्रकाशित मिति:

धनगढी । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पारित गर्नुपर्ने बताउनुभएको छ ।बुधबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष दाहालले सुरुमा गरिएको एमसीसीको सम्झौतालाई पारित गर्नुपर्ने बताउनुभएको हो ।

आफू प्रधानमन्त्री हुँदा २९ भदौ २०७४ मा अमेरिकामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले र एमसीसीका तर्फबाट कार्यवाहक सीईओ जोनाथन नाशबीच भएको एमसीसीको सम्झौता नै पारित गर्नुपर्ने दाहाले बताउनुभयो ।सुरुमा संसदबाट पारित गर्नुपर्ने गरी एमसीसी सम्झौता नभएको तर पछि ओली सरकारले त्यसलाई परिमार्जित गरेर संसदबाट पास गर्नुपर्ने नीति ल्याएपछि विवाद बढेको दाहालको भनाइ थियो ।

अमेरिकी सहयोग नेपालले लिँदै आएको र एमसीसी पनि स्वीकार्नु पर्ने उहाँले बताउनुभयो । अमेरिकी सहयोग नलिने नेपालको नीति पनि नरहेको उहाँले जिकिर गर्नुभयो ।अमेरिकासँग ७५ वर्षदेखि सम्बन्ध रहेको र त्यसबीचमा सबै सहयोग नेपालले लिँदै आएको स्मरण गराउँदै दाहालले एमसीसी पनि स्वीकारेर सदनबाट पारित गर्नुपर्ने बताउनुभयो ।उहााले संसदबाट पारित गर्ने भन्दै ओली नेतृत्वको सरकारले एमसीसीका केही जटिल बूँदा थपेको दाबी गर्नुभयो । त्यसैले सुरुवाती सम्झौतामा फर्केर यसलाई पास गर्नुपर्ने उहाँको भनाइ छ।