नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका सचेतक भागवत प्रकाश मल्लले स्याङ्जाबाट सभापति पदका लागि उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आसन्न १४ औं महाधिवेशन अन्तर्गत मंसिर १० मा हुने निर्वाचनमा मल्लले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेका हुन् ।
उनले स्याङ्जा क्षेत्र न। २ बाट महाधिवेशन प्रतिनिधीमा अत्यधिक मत प्राप्त गरी विजयी भएका थिए । उनी नेपाल तरुण दल स्याङ्जाका सभापति समेत हुन् । कार्यकर्ताका बीच निकै लोकप्रिय मल्लले स्याङ्जाको विकासमा अतुलनीय योगदान दिएका छन् । उनी विकासप्रेमी नेताका रुपमा परिचित छन् ।
जिल्लामा विकास निर्माणका कामलाई अघि बढाउन व्यक्तिगत तबरबाट समेत उनी लागिपरेका छन् ।








