भोलिदेखि चितवनको नारायणगढमा शुरु हुने एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई देखाउँदै नवलपरासीमा आज साँझदेखि भोलि मध्यरातसम्म आवतजावतमा रोक लगाइएको छ ।नवलपरासी बर्दघाट–सुस्ता पश्चिमको जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा पूर्वपश्चिम राजमार्गमा आज साँझदेखि सबै खालका ठूला सवारी साधनमा रोक लगाइएको उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जारी गर्नुभएको सूचनामा भनिएको छ, ‘नारायणगढमा हुन लागेको एमालेको महाधिवेशनलाई लक्षित गरि राष्ट्रिय लोकमार्गमा ट्राफिक जाम हुन नदिनका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पूर्व र पश्चिम० को हिजो बसेको जिल्ला समन्वय समितिको बैठकले राष्ट्रिय लोकमार्ग भएर पूर्व जाने र पश्चिम आउने मालबाहक र खाली ट्रक, ट्रिपरलगायत अन्य हेभि सवारी साधनहरुलाई आज साँझ ६ बजेदेखि भोलि राति १२ बजेसम्म आवतजावतमा रोक लगाइएको छ ।’












