खोटाङ कांग्रेसः बिष्णुकुमारको प्यानल नै बिजयी

प्रकाशित मिति:

खोटाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत खोटाङ जिल्लाको कार्यसमितिमा बिष्णुकुमार राईको प्यानल नै बिजयी भएको छ । जिल्लाको ७ औं जिल्ला अधिवेशनमा प्रतिस्पर्धि सर्बधन राईलाई ५९ मत अन्तरले पराजित गर्दै बिष्णुकुमार बिजयी भएका हुन् ।

पूर्व सभापति समेत रहेका राईले ६ सय ६९ मत प्राप्त गरे भने पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईले ६ सय १० मत पाएका छन् । कांग्रेसको पार्टी कार्यालय दिक्तेलमा सकिएको मत गणनाको नतिजा अनुसार सभापति राईको सम्पूर्ण प्यानल नै निर्वाचित भएको हो ।

जिल्ला अधिवेसनका लागि जिल्ला भरीबाट १३ सय ७३ प्रतिनिधि चुनिएकामा १३ सय २२ मत खसेको थियो । जिल्ला सभापतिमा चौथो पटक विष्णु राईनै चयन भएका हुन् ।