स्याङ्जा- नेपाली काङ्ग्रेस स्याङ्जाको अधिवेशन अन्तर्गत मतगणना शुरु भएको छदिउसो भएको मतदानमा कुल २२५७ मतमध्ये २२१८ मत खसेको थियो । पार्टी कार्यालयमा मतगणना शुरु भएको हो ।
स्याङ्जाको जिल्ला सभापतिमा भागवत प्रकाश मल्ल र राजु थापा बीच प्रतिस्पर्धा रहेको छ । उपसभापतिमा केदार काफ्ले, टिकाराम ढकाल, नारायणप्रसाद पौडेल, शेरबहादुर थापा, होमप्रसाद भट्टराईको उम्मेदवारी छ ।
त्यस्तै सचिवका लागि गुरुप्रसाद भट्टराई, दामोदर लम्साल, बुद्धिसागर भण्डारी, रामचन्द्र रेग्मीले उम्मेदवारी दिनुभएको छ। सभापतिमा थापा र मल्लका बिचमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।








