भैरमघाट मेलामा २२ फुटवल टिमहरुले प्रतिस्पर्धा गर्दै,पुरस्कार राशी ४० हजार रुपैया

प्रकाशित मिति:

१० मंसिर,कञ्चन- रुपन्देहीको कञ्चन गाउपालिकामा हरेक बर्ष लाग्दै आइरहेको बालाचतुर्दशी मेलामा रुपन्देही, कपिलबस्तु, नवलपरासी र पाल्पाका गरी २२ फुटवल टिमहरुले प्रतिस्पर्धा गर्ने भएका छन। शतबिज छर्ने तथा तोरण तार्ने धार्मिक स्थल कञ्चन २ र ४ को संगम कञ्चन नदीमा हरेक बालाचतुर्दशी मेला लाग्दै आएको छ। यस बर्षको मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न भैरमघाट बालाचतुर्दशी मेलामा खेलकुद ब्यबस्थापन समितिले खुल्ला फुटवल प्रतियोगिताको आयोजना गरेको छ। स्थानिय कञ्चन आमा समूह र गौतमबुद्ध युवा क्लवको संयोजनमा मेला अवधीभरका लागि छुट्टै मेला ब्यबस्थापन समिति गठन गरी शतबिज छर्न तथा तोरण तार्न आउने भक्तजन तथा मेला अवलोकन गर्न आउने दर्शकहरुलाई व्यबस्थित गराउने छ।

मेला व्यबस्थापन समितिका अध्यक्ष हेम बहादुर थापाका अनुसार स्वत स्फुर्त रुपमा लाग्ने मेलाको अवलोकन गर्न आउने दर्शकहरुलाई थप मनोरञ्जनपुर्ण र भब्य तथा सभ्य बनाउन खुल्ला फुटवल प्रतियोगिता सहित स्थानिय कलाकारहरुद्धारा बिभिन्न नृत्य तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ। यस बर्षको फुटवल प्रतियोगितामा रुपन्देही लगायत अन्य छिमेकी जिल्लाहरुबाट समेत गरी २२ फुटवल टिमहरुले प्रतिस्पर्धा गर्न टिम दर्ता भईसकेको मेला समितिका अध्यक्ष हेम बहादुर थापाले जानकारी दिनु भएको छ ।प्रतियोगितामा दर्शन फुटवल क्लव सुनगाभा सामुदायिक बिकास केन्द्र, शिवशक्ती युवा क्लव, प्रगतिशिल सामुदायिक बिकास केन्द्र,गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, मझिल्ला फुटवल क्लव, नव अभियान फुटवल क्लव, बसन्त फुलवारी फुटवल क्लव, हरैया बहुमखी क्याम्पस, अल्फा फुटवल क्लव, बुद्धभुमी फुटवल क्लव, चाँदनी युवा क्लव, शितल फुटवल क्लव, कञ्चन ११ सेतो र रातो, गरगरे फुटवल क्लव, लाली गुराँस फुटवल क्लव, रातडांडा फुटवल क्लव, भैरव फुटवल क्लव, एभरेष्ट फुटवल क्लव र आयोजक समेत गरी २२ टिमले सहभागिता जनाएका छन।

प्रतियोगिता हिजो बिहिवार देखि शुरु भएको छ। खेलको पहिलो दिन दर्शन फुटवल क्लव र शिवशक्ती युवा क्लव बिच भएको पहिलो खेलमा पेनाल्टी शुटआउटको आधारमा दर्शन फुटवल क्लव बिजयी भएको छ भने सुनगाभा सामुदायिक बिकास केन्द्र र प्रगतिशलि सामुदायिक बिकास केन्द्र बिच भएको दोश्रो खेलमा सुनगाभा सामुदायिक बिकास केन्द्र बिजयी भई दोश्रो चरणमा प्रबेश गरेको आयोजकले जनाएको छ।प्रतिोगितामा बिजेता टिमले नगद ४० हजार रुपैया सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने दोश्रो हुने टिमले नगद २५ हजार रुपैया सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्बाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकले समेत बिधागत रुपमा सम्मान प्राप्त गर्ने छन। यस बर्षको भैरमघाट मेला मंसिर १७ गते परेको छ भने १८ गते प्रतियोगिताको फाइनल हुने छ।