१० मंसिर,लुम्बिनीरजगिलाल थापा- जनमत पार्टीले आज देखि मेची(महाकाली जनमत माटो यात्रा सुरु गरेको छ। लुम्बिनीमा मायादेबी मन्दिरमा पुजा गरेर लुम्बिनीकै माटो संकलन गरि जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा।सि।के। राउतले शुभारम्भ गर्नु भएको हो।लुम्बिनीमा मोफसलका संचारकर्मीहरुका बिच संक्षिप्त पत्रकार सम्मेलनमा हरेक जिवहरुको उत्पत्ती माटोबाट भएको र रंगको आधारमा गरिने बिभेदको अन्त्यका लागि मधेश एकताको सम्बाहकको रुपमा एकता उधान पार्क बनाउन ग्राम यात्राको क्रममा ती स्थानहरुबाट माटो संकलन गरिने अध्यक्ष डा।राउतले जानकारिो दिनु भयो।
कुनै ठाउको सुनेको र पढेको आधारमा भन्दा प्रत्यक्ष रुपमा भ्रमण गरेर मात्र ती ठाउहरुको बिशेष्ता र धर्म संस्कृति बुझिने भएकोले पार्टीले सञ्चालन गरेको जनमत माटो यात्रा अन्तर्गत मेची महाकालीको गाउहरुको भ्रमण तय भएको जसले मान्छे(मान्छे एकै हुने र कसैलाई पनि रंगको आधारमा विभेद गर्न नपाईने सन्देश दिने अध्यक्ष राउतले बताउनु भयो।जनकपुरबाट हिंसाको राजनिती शुरुवात गरेको जनमत पार्टीले लुम्बिनीबाट शान्तीपुर्ण राजनैतिक यात्रा शुरु गरेको सन्देश दिन खोजेको त होईन भनि पत्रकारहरुको जिज्ञासामा अध्यक्ष राउतले कुनै पनि राजनैतिक बाटो वा संघर्ष समय र परिस्थिति अनुसार शान्तीपुर्ण वा शसस्त्र पनि हुन सक्ने बताउनु भयो।
राज्यले रंगको आधारमा विभेद गरेको र शान्तिपुर्ण आन्दोलन गर्दा २०७८ साल मंसिर १० गते जनमत पार्टीको ३०० भन्दा बढी नेता र कार्यकर्ताहरुलाई धरपकड गरि गिरफ्तार गरेको बिरोधमा जनमत पार्टीले हरेक बर्ष रंगभेद बिरुद्धको एकता दिवस मनाईदै आएको र यसबर्षको जनमत माटो यात्रा संयोगले आजकै दिन पर्नुले देशमा रंगभेद बिरुद्धको एकताको शन्देसको महत्व अझ बढ्ने अध्यक्ष राउतले पत्रकार सम्मेलनमा बताउनु भयो।








