लायन्स क्लब अफ बुटवल सनसाइनको भिलेज एडपटेशन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

लायन्स क्लब अफ बुटवल सनसाइनको आयोजनामा माई लायन्स भिलेज एडप्टेशन तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । क्लबले बुटवल उपमहानगरपालीका १६, को नरैनापुर क्षेत्रका ३ वटा टोल विकास संस्थामा पर्ने घरधुरीलाई अपनत्व लिई माई लायन्स भिलेज घोषणा गरेको हो ।उक्त क्षेत्रमा पर्ने नरैनापुर टोल विकास संस्था, नरेश्वर टोल विकास संस्था र बैठौलिया टोल विकास संस्था सम्मिलीत गाउं लायन्स गाउं बनेको क्लबकी प्रथम उपाध्यक्ष लक्ष्मी अर्याल खरेलले बताइन् ।

सो अवसरमा बोल्दै लायन्स ३२५ बी टु का डिस्ट्रिक्ट गभर्नर एम जे एफ लायन रामप्रसाद भठ्ठले लायन्सको उद्धेश्य नै सेवा गर्नु रहेकाले देशैभरिका लायन्स क्लबले शिक्षा, स्वास्थ्य जस्ता महत्वपुर्ण सुविधा उपलब्ध गराउने कार्यक्रम गरिरहेको बताए । उनले लायन्स क्लब अफ बुटवल सनसाईनको कामको प्रशंसा गर्दै अपनत्व लिईएका गाउमा लायन्सको सहयोग रहिरहने जनाए ।त्यस्तै, कार्यक्रममा उक्त वडाका कार्यवाहक अध्यक्ष गगन बहादुर गुरुङले सहयोगी भावले वडामा पुगेको लायन्सलाई धन्यवाद दिंदै वडाबासीका लागि विभिन्न कार्यक्रम गर्ने र यस्तै संघसंस्थाको साथ पाए विकासमा टेवा पुग्ने बताए ।

क्लबकी अध्यक्ष आरती खनाल खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स ३२५ बी टु का डिस्ट्रिक्ट गभर्नर एम जे एफ लायन रामप्रसाद भठ्ठको प्रमुख आतिथ्यता, डिष्ट्रिक्ट ३२५ बी टु का भाइस डि जी नमराज न्यौपाने, डिष्ट्रिक्ट चिफ एड्भाइजर उमंग देवकोटा, एरिया चिफ जिवन गौतम, क्लबका चार्टर प्रेसिडेन्ट तथा जोन चियर पर्सन जमुना पाण्डे , उक्त वडाका सचिव जगतबहादुर केसी, वडा सदस्यहरु, टोल विकास संस्थाका अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो । क्लबकी अध्यक्ष खनालले आफ्नो कार्यकालमा थालिएको कार्यलाई निरन्तरता दिन तत्पर रहेको भन्दै विपन्न परिवारका बालबालीकाको अध्ययन र स्वास्थ्यको क्षेत्रमा काम गरिरहने बताइन् ।