काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावललाई वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गर्नुभएको छ ।
रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले सहमतिमा आए रावललाई वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गर्नुभएको हो ।
ओली र रावलबीच शनिवार विहान छलफल भएको हो । रावलले वरिष्ठ उपाध्यक्षको प्रस्ताव आए अध्यक्षको दाबी छोड्नसक्ने आशय व्यक्त गरिसक्नुभएको छ । रावलले उम्मेदवारी नदिए अध्यक्षमा ओली नै सर्वसम्मत हुनुहुनेछ ।











