नेपाली कांग्रेस कपिलबस्तु जिल्लाको सचिवमा थारु नेता सर्जु चौधरीको उम्मेद्वारी

प्रकाशित मिति:

कपिलवस्तु, ११  मंसिर । नेपाली कांग्रेसको १४ औँ  महाधिवेशनले अहिले वडा, नगर, क्षेत्र तथा जिल्लामा छुट्टै रौनक छएको छ । अहिले जिल्ला कांग्रेसमय भएको छ । जिल्लामा कांग्रेसको नेतृत्व गर्न युवा नेता, देखि पका बौद्धिक व्यक्ति सथै थारु नेतहरुको पनि उल्लेखनिय भुमिका देखिन्छ । त्यस्तै राजेश आचार्य जिल्ला अध्यक्षको उम्मेद्वरी दिएको प्यानलबाट थारु बौद्धिक एंव समाजसेवी थारु नेता सर्जु चौधरीले सचिवको उम्मेद्वरी दिनुभएको छ ।
उहाँले नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्ला सचिव पदमा उम्मेदवारीको घोषणा गर्नुभएको हो । जिल्लाकै प्रिय नेता चौधरी विभिन्न सामाजिक संघ–संस्थामा क्रियाशिल भएर काम गर्दै आउँनुभएको छ । विगत लामो समय देखि नेपाली कांग्रेसमा आवद्ध भएर राजनीतिमा होमिएका चौधरी कपिलवस्तु नेपाली कांग्रेस र पार्टीका भातृ संगठन, संघ संस्थामा निर्वाचनमा पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउँनुभएको छ । चौधरीले अग्रजहरुलाई सम्मान र सबैलाई सहयोग, सहकार्य गर्दै पार्टीलाई संगठित गर्दै लैजान सक्ने क्षेमता भएकोले आफ्नो जित सुनिश्चित भएको दावी गर्नुेभयो ।

थप समाचार