बुटवल । लायन्स क्लब अफ बुटवल देउरालीले तिलोत्तमाको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र स्टेशनरी सामान वितरण गरेको छ । क्लबले मेरो लायन्स गाउं (माई लायन्स भिलेज )बनाएको तिलोत्तमा–६ स्थित सत्यलक्ष्मी विद्यालयका १ सय १० जना विद्यार्थीलाई आइतबार एक कार्यक्रमबीच शैक्षिक सामग्री वितरण गरेको हो ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल ३२५ बी–२ नेपालका पुर्व गभर्नर महेन्द्रनारायण श्रेष्ठ,तिलोत्तमा–६का वडा अध्यक्ष सुखदेव न्यौपाने,लायन्स क्लब एरिया ४ का चिफ जीवन गौतम,क्लबका अध्यक्ष ज्ञानप्रसाद पौडेल,उपाध्यक्ष दीपक पन्थी,सचिव कृष्णप्रसाद भण्डारी र कार्यक्रम संयोजक लालप्रसाद बस्यालले मन्तव्य राखेका थिए ।











