एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल निर्विरोध

प्रकाशित मिति:

नेकपा एमालेको नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ ।एमाले निर्वाचन आयोगले अबको केहीबेरमा उम्मेदवारहरुको नामावली प्रकाशन गरेर नाम फिर्ताको समय दिने तयारी गरेको छ । संशोधित निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिन दिउँसो १२ बजेसम्मको समय तोकिएको छ ।

यसैबीच एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध हुने पक्का भएको छ । यस्तै महासचिवमा पनि शंकर पोखरेलले बाजी मार्ने भएका छन् । दुवै पदमा कुनै उम्मेदवारी नै नपरेपछि निर्विरोधको अवस्था बनेको हो ।

यद्यपि यसबारेमा निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ । पोखरेलद्धय अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नुभएको १९ जनाको पदाधिकारी सूचीभित्रका हुन् ।