गुल्मी १३ मंसिर ,नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले दलाल पूँजीवादसँग जुधेर सामाजिक रुपान्तरण देश विकासको पक्षमा लाग्नुपर्ने वताएका छन । सोमवार गुल्मीको सदरमुकाम तम्घासमा जिल्ला कमिटी गुल्मीले आयोजना गरेको वैचारिक,राजनीतिक तथा संगठनात्मक प्रशिक्षण कार्यक्रममा वोल्दै नेता चौधरीले समाजबादी क्रान्तिलाई अगाडी बढाएर समाज रुपान्तरणमा अघि बढ्नु पर्ने वताए ।
उनले पुँजीवादलाई निर्मम पारेर समाजबादको रुपान्तरणमा लाग्नुपर्ने भन्दै दलाल पूँजीवादको शोषणमा पर्ने दिन समाप्त भएको समेत वताए । अब वैज्ञानिक समाजवादको पक्षमा सबैले क्रान्ति गर्नुपर्ने वेला आएको छ उनले भनेञअब दलाल पुँजीबादलाई हटाएर समाजबाद रुपान्तरणको पक्षमा लाग्नु पर्छ ।झ दलाल पुँजीबादसँग जुधेर सामाजिक रुपान्तरण र देश बिकासको पक्षमा लाग्नुपर्नेमा उनको रहेको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका उनले केपी वली पार्टी समाप्त हुदै गएको दावी गरे । अहिले एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको बताए ।
वली पार्टीको चितवनमा जारी नाम पढेर केन्द्रीय कमिटी घोषणा गर्ने कार्यक्रममा सहभागी प्रतिनिधिहरुसगँ मेरो कुरा भएको छ उनले भनेञकेपी वाले टिक्न नदिने भए, ब्यक्ति हावी भयो हामी तपाईंको पार्टीमा आउछन भनेर धेरै फोन आएको छ ।झ उनका अनुसार मुलुकको अवको नेतृत्व एकीकृत समाजवादी पार्टीले गर्ने वताए । बाहिर केपी वलीसगं एक्लै लडन नसकेर गठवन्धन गरिएको भन्दै जुन हल्ला फैलाईएको छ त्यो भ्रम मात्रै भएको उनले वताए ।








