१३ मंसिर,कञ्चन- भैरमघाट बालाचतुर्दशी मेलामा सञ्चालित खुल्ला फुटवल प्रतियोगिता अन्तर्गत पहिलो चरणका सम्पुर्ण खेलहरु सम्पन्न भएका छन। हरेक बर्ष स्व स्फुर्त रुपमा लाग्दै आइरहेको शतबिज छर्ने तथा तोरण तार्ने बालाचतुर्दशी मेलामा यस बर्ष खुल्ला फुटवल प्रतियोगिता सञ्चालन गरिएको छ।२२ फुटवल टिमहरुको सहभागिता रहेको प्रतियोगिताको चौथो दिन सम्पन्न भैरभ एफ।सी र एभरेष्ट एफ।सी बिच भएको पहिलो खेलमा २-० गोल अन्तरले एभरेष्ट एफ।सी बिजयी भई दोश्रो चरणमा प्रबेश गरेको छ। यसैगरी कन्चन ११ र लाली गुराँस बिच भएको दोश्रो खेलमा लाली गुराँसले कञ्चन ११ लाई १-० गोल अन्तरले पराजित गरी लाली गुराँस दोश्रो चरणमा प्रबेश गर्न सफल भएको छ। आयोजकले दिएको जानकारी अनुसार आयोजक निलो र रात डाडा एफ।सी बिच भएको तेश्रो खेलमा २-० गोल अन्तरले रातडाडा बिजय भएको छ ।
आज देखि शुरु हुने प्रतियोगिताको दोश्रो चरणको पहिलो खेल दर्शन युवा क्लव र गौतम बुद्ध सामुदायिक बिकास केन्द्र बिच हुने छ भने दोश्रो खेल हरैया बहुमुखी क्याम्पस र सितल एफ।सी। बिच हुने छ भने न्यु सुनगाभा एफ।सी र नव प्रतिभा युवा क्लब बिच तेश्रो खेल हुने आयोजकले जनाएको छ।तियोगितामा विजेता टिमले नगद ४० हजार रुपैया र उपविजेता टिमले नगद २५ हजार रुपैया सहित मेडल र प्रमाण पत्र पाउने छन भने बिधागत रुपमा उत्कृष्ट खेलाडी, सर्बाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकको रुपमा छनौट हुने खेलाडीले मेडल र सम्मान पत्र प्राप्त गर्ने भैरमघाट बालाचतुर्दशी मेलामा खेलकुद ब्यबस्थापन समितिका संयोजक हेम बहादुर थापाले जानकारी दिनु भएको छ।









