कीर्तिमानी सातौँ पटक बालोन डिओर जित्न सफल भए मेस्सी !

प्रकाशित मिति:

यो वर्ष आफ्नो देश अर्जेन्टनालाई कोपा अमेरिकाको उपाधि जिताउन सफल भएका अर्जेन्टिनी सुपरस्टार लियानेल मेस्सी यो वर्षको बालोन डिओर जित्न सफल भएका छन् ।सोमबार राति पेरिसमा आयोजित एक विशेष समारोहमा मेस्सीले कीर्तिमानी अवार्ड पाउन सफल भएका हुन् ।

यो वर्ष मेस्सीले आफ्नो देश तथा क्लबका लागि ४१ गोल र १७ असिस्ट गरेका छन् ।बार्यन म्युनिखका लेवान्डोस्की दोस्रो स्थानमा परे ।उनलाई यसै वर्ष स्थापना गरिएको स्ट्राइकर अफ द ईयरको अवार्ड प्रदान गरियो ।

क्रिश्चियानो रोनाल्डो छैठौं नम्बरमा मात्र परे । महिलातर्फको बालोन डिओर भने बार्सिलोनाकी कप्तान एलेक्सिया पुटरलासलाई प्रदान गरियो