चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । मंगलबार बिहानदेखि ४ बजेदेखि शुरु मतदान साढे १० बजे सकिएको हो । महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गरिएको थियो ।
निर्वाचन अधिकृत हरिशरण दाहालले अहिले मध्यान्ह १२ बजेपछि मतगणना शुरु हुने र चार घण्टामै परिणाम आउने बताउनुभयो ।
दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो । अध्यक्ष केपी शर्मा ओली र भीम रावल समूह नेतृत्वमा प्रतिस्पर्धामा छन् ।








