लायन्स कालिकाद्वारा अपांग आश्रमलाई खाना

प्रकाशित मिति:

बुटवल,१४ मंसिर । लायन्स क्लब अफ बुटवल कालिकाले नेपाल अपांग आश्रम देवीनगरमा आश्रित अपांगता भएका व्यक्तिलाई खाना खुवाएको छ । लायन्स इन्टरनेसनलको ‘हङ्गर रिलिफ’ नीति अनुसार क्लबले उक्त आश्रममा रहेका ३१ जनालाई मंगलबार बिहानको खाना खुवाएको हो ।

उक्त कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी २ नेपालका पुर्व गभर्नर महेन्द्रनारयण श्रेष्ठ,एरिया ४ का चिफ जीवन गौतम,रिजन चेयर पर्सन माधव खनालल,एक्सटेन्सन चेयर पर्सन एवं लायन्स क्लब बुटवल देउरालीका अध्यक्ष ज्ञानप्रसाद पौडेलले आफूभन्दा कमजोर वर्गलाई निस्वार्थ सेवा भावले सहयोग गर्नु नै लायन्स क्लबहरुको धर्म भएकोमा जोड दिएका थिए ।

त्यस अवसरमा लायन्स क्लब अफ बुटवल कालिकाका अध्यक्ष नवीन न्यौपानले क्लबले मानवीय सेवा र सामाजिक कार्यलाई निरन्तरता दिने बताए । कार्यक्रममा क्लबका बसन्त पोखरेल र दीपकराज पौडेल तथा आश्रमका अध्यक्ष डोलबहादुर रामदामले पनि आफ्ना भनाई राखेका थिए ।