भैरमघाट मेलामा सञ्चालित फुटवल खेल प्रतियोगिताको दोश्रो चरणका खेलमा हरैया र एभरेष्ट विजयी
१४ मंसिर,कञ्चन- रुपन्देहीको कञ्चनमा सञ्चालित खुल्ला फुटवल प्रतियोगिता अन्तर्गत दोश्रो चरणको दोश्रो दिन भएको दुई खेलमा हरैया बहुमुखी क्याम्पस र एभरेष्ट एफ।सी। विजयी भएका छन। भैरमघाट बालाचतुर्दशी मेलामा खेलकुद व्यबस्थापन समितिले आयोजना गरेको खुल्ला फुटवल प्रतियोगिताको दोश्रो चरण अन्तर्गत मंगलवार दुई खेल सम्पन्न भएकोमा हरैया र एभरेष्ट विजयी भएका हुन।
मंगलवार सम्पन्न आयोजक सेतो र एभरेष्ट एफ.सी. बिच भएको पहिलो खेलमा एभरेष्टका सुनिल थापा र निसान थापाले एक एक गोलगरी आयोजक सेतोलाई २-१ गोल अन्तरले एभरेष्टलाई विजयी बनाएका हुन। खेलको छैठौं मिनेटमा एभरेष्टका सुनिल थापाले गोल गरी टिमलाई अग्रता दिलाएका थिए भने आयोजक सेतोका केशव घर्ति मगरले खेलको २२ औं मिनेटमा गोलगरी खेललाई बराबरी बनाएका थिए। खेलको ३९ औं मिनेटमा एभरेष्टका निसान थापाले गरेको गोल नै एभरेष्टका लागि निर्णायक गोल बनेको थियो ।यसैगरी हरैया एफ।सी र चाँदनी युवा क्लव बिच भएको दोश्रो खेलमा दुबै समूहवाट १-१ को गोल बराबरी भएपछि पेनाल्टी शुटआउटको आधारमा हरैया एफ।सी ५-४ गोल अन्तरले बिजयी भई तेश्रो चरणमा प्रबेश गर्न सफल भएको छ।
भोली १५ गते दर्शन एफ।सी। र हरैया बहुमखी क्याम्पस तथा हरैया एफ।सी। र सूर्यमुखी युवा क्लव बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। तियोगितामा विजेता टिमले नगद ४० हजार रुपैया र उपविजेता टिमले नगद २५ हजार रुपैया सहित मेडल र प्रमाण पत्र पाउने छन भने बिधागत रुपमा उत्कृष्ट खेलाडी, सर्बाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकको रुपमा छनौट हुने खेलाडीले मेडल र सम्मान पत्र प्राप्त गर्ने भैरमघाट बालाचतुर्दशी मेलामा खेलकुद ब्यबस्थापन समितिका संयोजक हेम बहादुर थापाले जानकारी दिनु भएको छ।









