काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले १०औँ राष्ट्रिय महाधिवेशनले नेकपा (एमाले) एक जुट भएको सन्देश गएको बताउनुभएको छ ।आज पत्रकारसँग कुराकानी गर्दै उहाँले महाधिवेशन सफल भएको उल्लेख गर्दै एमाले कम्युनिष्ट आन्दोलनको मूलधारका रुपमा स्थापित बन्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “यो महाधिवेशनबाट पार्टी एक ढिक्का भएको छ, एक जुट भएका छौं ।” महाधिवेशनले एउटा सन्देश पनि दिनसकेको जनाउँदै उहाँले एमाले नै कम्युनिष्ट आन्दोलनको मूलधार हो भन्ने प्रमाणित भएको बताउनुभयो ।
निरङ्कुशताविरुद्धको लोकतान्त्रिक आन्दोलनको यो नै मूलधार हो भन्ने सन्देश दिन महाधिवेशनले सकेको उहाँको भनाइ थियो । एमालेलाई जनताको उत्तिकै समर्थन रहेछ भन्ने कुरा यो महाधिवेशनबाट स्थापित भएको उल्लेख गर्दै उहाँले यसैका आधारमा अघि बढ्ने बताउनुभयो ।निर्वाचनमा भाग लिएका साथीलाई अन्यथा सोच्ने भन्ने कुरा हुँदैन भन्दै नेम्वाङले यसलाई स्वभाविक रुपमा लिइने बताउनुभयो । पराजित भएकालाई सम्मानका साथ समेटेर सहभागि गराएर अघि बढ्ने उहाँको भनाइ थियो ।








