‘एउटै विचार भएकाको एउटा पार्टी’ बन्नु राम्रो : प्रधानमन्त्री देउवा

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा ‘एउटै विचार भएकाको एउटा पार्टी’ बन्नु राम्रो हुने धारणा राखेका छन् । राप्रपाको काठमाडौंमा जारी महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले नेपालमा राजनीतिक दलहरू ‘जति थोरै भए त्यति राम्रो’ हुने धारणा राखेका हुन् ।

प्रधानमन्त्री देउवाले मुलुकका राजनीतिक दलहरू महाधिवेशनमा व्यस्त भएको भन्दै भनेका छन्, ‘एउटै विचार भएकाको एउटा पार्टी बन्नु राम्रो हो । नेपालमा पार्टी जति कम हुन्छन् त्यति राम्रो हो ।’

यसका साथै उनले सबै राजनीतिक दलहरुले महाधिवेशन गरिरहेका उल्लेख गर्दै भनेका छन्, ‘अहिले पार्टी महाधिवेशनको मेलाजस्तो छ ।’भर्खरै नेकपा एमालेको महाधिवेशन भर्खरै सकिएको छ, भने राप्रपाको महाधिवेशन जारी छ । त्यस्तै कांग्रेसको महाधिवेशन मिति पनि नजिकिएको छ ।