कार्यवाहक प्रधानन्यायाधीश को ?

प्रकाशित मिति:

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीशले कार्यवाहक तोक्न माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना सङ्क्रमित बनेर अस्पताल भर्ना भएपछि न्यायालय प्रधानन्यायाधीशविहीन बनेको भन्दै एसोसिएसनले कार्यवाहक तोक्न माग गरेको हो ।

सर्वोच्चमा अन्योल देखिएपछि सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएसन तथा सर्वोच्च बार एसोसिएसनका प्रतिनिधिबीचबीच बिहीबार छलफल भएको छ। छलफलबारे जानकारी दिँदै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले कार्यवाहक प्रधानन्यायाधीशको टुङ्गो नलगाएसम्म इजलासमा नबस्न आफूहरूले आग्रह गरेको बताउनुभयो ।

कार्यवाहक प्रधानन्यायाधीश को हो भनेर सर्वोच्च प्रशासन र अन्य न्यायाधीशहरूले जानकारी दिनुपर्ने बताउनुभयो । संविधानको व्यवस्था अनुसार दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिनुपर्ने उहाँको भनाइ छ ।नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले ४–४ दिनसम्म अस्पतालमा बस्दा पनि प्रधानन्यायाधीशले अस्पतालबाटै पेसी तोक्ने र कसैलाई कार्यवाहक नदिने कुरा गैर संवैधानिक भएको बताउनुभयो ।