यस्तो छ कांग्रेसको १४ औं महाधिवेशनको नारा

प्रकाशित मिति:

नेपाली कांग्रेसले यही मंसिर २४ गतेदेखि २६ गतेसम्म १४ औं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार उत्साह, एकता, रूपान्तरण, सफल बनाऔं कांग्रेसको १४ औं महाधिवेशनु भन्ने नारासमेत तय भएको छ।

कांग्रेसले यही मंसिर २५ गते उम्मेदवारहरूको मनोनयन दर्ताको समय दिएको छ। महाधिवेशन उद्घाटन मंसिर २४ मा हुनेछ भने बन्द सत्रविनै मतदानको प्रक्रिया अगाडि बढाउने तयारी कांग्रेसको छ।

कांग्रेसले अहिले नेतृत्व महाधिवेशन गरेर पछि नीति महाधिवेशन गर्ने बताएको छ।