​आज निर्मलाको जन्मदिन : निर्मलाको सम्झना र नेतृत्वको सदबुद्धिका लागि सडकमै होम

प्रकाशित मिति:

२६ मंसिर, महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको आज जन्मदिन हो । उनको हत्यारा पत्ता लगाउन निरन्तर आन्दोलनरत अधिकारकर्मीले जन्मदिनको अवसरमा सडकमै होम गराएका छन् ।
नागरिक संघर्ष समितिको अगुवाईमा परिवार, अधिकारकर्मीले बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुल गेट र धर्ना स्थलबीच सडकमा होम गरेका हुन् ।
निर्मलाको फोटो राखेर धार्मिक परम्परा अनुसार पण्डित केशवप्रसाद उपाध्यायले पूजा गरे । निर्मलाका आमा दुर्गादेवी पन्तसहितका नागरिक संघर्ष समितिका पदाधिकारी एवं अधिकारकर्मीले पूजा गरे । नागरिक संघर्ष समितिका सदस्य एंव अधिकारकर्मी शारदा चन्दले निर्मलाको जन्मदिनको अवसर एवं राजइको नेतृत्वकर्ताको सदबुद्धिका लागि होम गरिएको बताइन् ।